काठमाडौं । पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने नागरिकताका कारण पदमुक्त भएपछि स्वतन्त्र पार्टीको दुवै पदको जिम्मेवारी अरु नेताहरुलाई दिने भएको छ ।
हिजो साँझ सर्वोच्च अदालतको आदेश आएसँगै राति नै बैठक बसेर दुवै पदको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरिएको हो । अब पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी श्रममन्त्री समेत रहनुभएका डोरप्रसाद अर्याललाई दिइने भएको छ ।
उहाँ अहिले पार्टीका उपसभापति हुनुहुन्छ । त्यस्तै दलको नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइने भएको छ । श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।