• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

रास्वपाका मन्त्रीले बुझाए राजीनामा

  • OVN
  • February 05, 2023
रास्वपाका मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउनुभएको छ । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले राजीनामा पत्र बुझाउनुभएको हो ।
 
रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Comments