• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

रसुवागढी नाका खुल्यो

  • OVN
  • December 28, 2022
रसुवागढी नाका खुल्यो

रसुवा । चीनले कोरोना महामारी सुरु भए यता पहिलो पटक नेपाली वस्तु निर्यातका लागि रसुवागढी नाका खुला गरेको छ । 

३१ महिनादेखि बन्द रहेको रसुवागढी नाका चीनले खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका खुलेको पहिलो दिन मै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी नाकाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले गत २ बर्ष ५ महिनामा मात्रै रसुवागढी नाकाबाट करिब ५५ अर्ब रूपैयाको सामान आयात गरेको छ । 

जसमा चालु आर्थिक बर्षको ५ महिनामा मात्रै ११ अर्ब ११ करोड ३ लाख रूपैया बराबरको समान आयात गरेको हो । नेपालमा नयाँ सरकार बनेको भोलिपल्टै चीनले यो नाका खुला गरेको हो ।
 

Comments