• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

  • OVN
  • November 25, 2021
राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । 

सांसद रहनुभएका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाउनुभयो ।  

सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहनुभएका उहाँले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको विचार व्यक्त गर्नुभयो । यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको अधिवेशन हुँदैछ । 
- रासस

Comments