• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राणालाई उपरथीको दज्र्यानी

  • OVN
  • June 25, 2021
राणालाई उपरथीको दज्र्यानी

काठमाडौँ-  प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति हुनुभएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा हुनुभएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा  पाइलट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभयो। 

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो।
- रासस

Comments