• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

  • OVN
  • January 02, 2023
राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न निर्देशन दिनुभएको छ । 

राजस्व सङ्कलनको वर्तमान अवस्थाका बारेमा राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरूसँगको छलफलका क्रममा उहाँले राजश्वको लक्ष्य र सङ्कलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धता खोजिएको बताउनुभयो ।

लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न पौडेलले निर्देशन दिनुभयो । पौडेलले मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने समेत बताउनुभयो । 

कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नेगरी कार्य गर्न समेत उहाँले  निर्देशन दिनुभएको छ ।

Comments