काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखि नै लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य लिटरमा ३–३ रुपैयाँ बढाएको हो ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मुल्य बढाएको निगमले जनाएको छ ।
यसअघि गत पुस २४ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा ३–३ रुपैयाँ घटाएको थियो ।