• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

पशुपन्छीको खोपमा आत्मनिर्भर बन्दै नेपाल

  • OVN
  • February 11, 2023
पशुपन्छीको खोपमा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं । पशुपन्छीलाई लगाईने १३ प्रकारका खोपमा नेपाल आत्मनिर्भर भएको छ ।

मानिसका लागि आवश्यक करोडौँ रुपयाँको खोप बाहिरबाट आयात गरिरहेको नेपालले पशुपन्छीलाई लगाईने खोप भने निर्यात गर्न प्रकृया सुरु गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले २०२३ सालबाट खोप उत्पादन सुरु गरेको थियो । 

प्रयोगशालाले हरेक वर्ष पीपीआर, रानीखेत, रेविज, स्वाइन फिवरलगायत १३ प्रकारका रोग विरुद्धका ५ करोड मात्रा खोप उत्पादन गर्दै आएको छ । त्यसमध्ये भेडाबाख्रालाई लगाइने पीपीआर रोग विरुद्धको खोप १ करोड मात्रा उत्पादन हुने गरेको छ । 

पीपीआर लगायतका खोपमा नेपाल आत्मनिर्भर भइसकेकाले अब निर्यात गर्ने प्रक्रिया समेत चलिरहेको प्रयोगशालाका प्रमुख डा. माधव दाहालले बताउनुभयो । प्रयोगशालामा अहिले १३ प्रकारका खोप उत्पादन भइरहे पनि खोरेतलगायत केही रोगका खोप भने विदेशबाट ल्याउनुपर्ने अवस्था छ । 

सरकारले पूर्वाधारसहित जनशक्ति व्यवस्थापन गरेर सबै खोप नेपालमै उत्पादनको ब्यवस्था मिलाउनुपर्ने खोप विज्ञ एवम् राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका पूर्व प्रमुख डा. सुदर्शनप्रसाद गौतमले बताउनुभयो ।
 

Comments