काठमाडौं । राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै सांसद डा. चन्द्रकान्त (सीके) राउत ले आपत्ति जनाउनुभएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्ला बारामा केन्द्र सार्न लागेको भन्दै डा. राउतले आपत्ति जनाउनुभएको हो ।
किसानका सामान्य आवश्यकता पुरा हुन नसकेको समयमा कृषि मन्त्रीले अनुसन्धान केन्द्र सार्न खोज्नु गलत भएको भन्दै उहाँले बताउनुभयो ।
यस्तो प्रवृत्ति दोहोरिए विकास हुन नसक्ने उहाँले बताउनुभयो । मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिंदा विकास निर्माणले गति नलिने उहाँले बताउनुभयो ।