काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले बढवा पाउन थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सबै संस्कृतिलाई समान रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो । ल्होछार पर्व केबल तामाङको मात्र पर्व नभएको यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको थियो ।
तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँन थालेको उहाँको भनाइ रहेको थियो ।