• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

  • OVN
  • November 09, 2021
प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उहाँहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उहाँले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गर्नुभयो । प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
-रासस

Comments