• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

प्रधानमन्त्रीद्वारा बाढीपहिराले कर्णालीमा पु¥याएको क्षतिबारे जानकारी

  • OVN
  • October 21, 2021
प्रधानमन्त्रीद्वारा बाढीपहिराले कर्णालीमा पु¥याएको क्षतिबारे जानकारी

कर्णाली- बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पु¥याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिनुभयो । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पु¥याएकोमा आफू दुःखी बनेको बताउनुभयो । 

 “मौसमविद्ले जलवायु परिवर्तनका कारण ठूलो महाविपत्तिले क्षति पुगेको भनिरहेका छन्,” उहाँले भन्नुभयो, “सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पु¥याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउदछौं ।” 

आइतबारदेखि परेको अविरल वर्षाका कारण कर्णालीमा बाढीपहिरामा परी आठ जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका छन् । नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरका सहायकरथी योगराज शर्माले प्रधानमन्त्रीलाई बाढीपहिराले पु¥याएको क्षतिबारे जानकारी गराउनुभयो । सो अवसरमा प्रधानमन्त्रीलाई कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांगे्रस महामन्त्री पूर्णबहादुर खड्का लगायतसँग विमानस्थलमा स्वागत भेट गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवा कर्णालीपछि सुदूपश्चिम जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
-रासस
 

Comments