• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको निर्देशन कार्यान्वयन भएनन्

  • OVN
  • February 02, 2023
प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको निर्देशन कार्यान्वयन भएनन्

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूबाटै भएका निर्देशनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बने लगत्तै अनुगमन र निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीहरू केन्द्रीत भएका छन् । प्रधानमन्त्री प्रचण्डले सर्वसाधारण नागरिकले लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न सम्बन्धीत कार्यालयलाई निर्देशन दिनुभएको १ महिना बित्दा समेत कुनै सुधार हुन सकेको छैन । 

राहदानी विभागको गेटैमा नाङ्गोमा सामान बेचिरहनु भएका मैया आले मगरले विभागमा हुने लाइन थोरै पनि नघटेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गीरीले तत्कालै सफा गर्न निर्देशन दिएको कान्ति बाल अस्पतालको शौचालयमा भने केही सुधार देखिएको छ । 

भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ स्वयम्ले निर्देशन दिए पनि कान्तिपथ सडकका खाल्डामा आझै माटो नभरिएको एक जना ट्याक्सी चालक आङ्निमा शेर्पाले बताउनुभयो ।

प्रशासनविद् काशिराज दाहालले राजनीतिक नेतृत्व र प्रशासनिक अधिकारीबिच समन्वय नहुनु नै समस्याको विषय भएको बताउनुभयो । कतिपयले मन्त्रीहरूको अनुगमन र निर्देशनलाई सस्तो लोकप्रियताका रुपमा चित्रण गर्ने गरेका छन् ।
 

Comments