• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

प्रधानमन्त्रीलाई संसदले दियो विश्वासको मत

  • OVN
  • January 10, 2023
प्रधानमन्त्रीलाई संसदले दियो विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

आज भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभयो । आजको बैठकमा २७० सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेको प्रतिनिधिसभामा जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरिरहनुभएका पशुपति शमशेर जबराले जानकारी दिनुभयो । 

उहाँलाइ सत्ता गठबन्धनका सबै दल सहित काँग्रेस, जसपा, लोसपा सबैले विश्वासको मत दिएका छन् । प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने विश्वासको मत दिएनन् । 

मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले भने उहाँलाइ मत दिनुभएन । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको थियो । यस्तै सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । 
 

Comments