काठमाडौं । नेपाली काँग्रेसभित्र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाइ विश्वासको मत दिएको बिषयमा विवाद सुरु भएको छ ।
आज सस्थापन पक्ष इतर समुहको भेलामा प्रधानमन्त्रीलाइ विश्वासको मत दिनु गलत भएको बारेमा छलफल चलेको छ । सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वास तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् ।
नेता शेखर कोइराला समूहको आज बिहान बसेको बैठकमा सांसद्हरूले नेतृत्वले त्यसबारे गलत निर्णय गरेको भन्दै सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन माग गरेका छन् ।
बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, बलबहादुर केसी लगायत केन्द्रीय सदस्यहरू र सांसदहरू सहभागी थिए ।