• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

प्रधानमन्त्री प्रचण्डलाई ४ मन्त्रालयको जिम्मा

  • OVN
  • February 06, 2023
प्रधानमन्त्री प्रचण्डलाई ४ मन्त्रालयको जिम्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्नुहुने भएको छ ।  

रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा कार्कीले हिजो प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए । त्यसपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुहुने भएको हो । 

उनीहरूको राजीनामा आएको भोलिपल्ट आज प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोक्नुभएको हो । यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डको मातहतमा रहँदै आएको छ । 

यो सँगै प्रधानमन्त्री प्रचण्डले ४ मन्त्रालयको जिम्मा लिनुभएको छ । अब रास्वपा सरकारबाट बाहिरिएसँगै कुन दल भित्रिने भन्ने बारेमा छलफल भइसकेको छैन भने खाली रहेका मन्त्रालयमा सत्ता गठबन्धन भित्रै बाट पूर्णता दिने वा बाहिरका दललाइ समेत सामेल गराउने भन्नेमा सहमति भइसकेको छैन । 
 

Comments