काठमाडौं । प्रतिनिधि सभाको प्रभावकारी सञ्चालनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार बिहान ९ बजे बालुवाटारमा संयुक्त छलफलको तयारी गरिएको छ । संसदमा विचाराधीन विधेयक अघि बढाउने बारेमा पनि छलफल हुने उहाँको भनाइ छ ।
यसैबीच मन्त्रिपरिषद्को बैठक पनि आजका लागि बोलाइएको छ । दिउँसो ४ बजे बस्ने बैठकमा नियमित छलफल हुने जनाइएको छ ।
सरकारमा रहेका वा नरहेका राजनीतिक दलका नेतासँगको औपचारिक छलफलको भने आजलाई कुनै योजना नबनेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।