• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्ने सम्भावना कम

  • OVN
  • January 20, 2023
प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्ने सम्भावना कम

काठमाडौं । बढ्दो प्रदूषणका कारण दिउँसो पारिलो घाम लाग्न नसक्दा चिसो कायमै रहेको मौसमविद्ले बताएका छन् ।

पोहोरपरार यो समयमा हिउँदे वर्षा हुने गरेको र त्यसले मौसम सफा हुँदा बिहान बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लागेर न्यानो हुने गरेको थियो । तर यसपाली अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । 

यसले दिउँसोको अधिकतम तापक्रम पनि घट्दा चिसो कायमै भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

गत वर्षको तुलनामा यो वर्ष पानी पर्न नसक्दा प्रदूषण बढेको उहाँको भनाइ छ । 

Comments