• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

प्रदूषण तथा दुर्घटना न्यूनीकरणका लागि समिति गठन

  • OVN
  • January 27, 2023
प्रदूषण तथा दुर्घटना न्यूनीकरणका लागि समिति गठन

काठमाडौं । सरकारले सवारीसाधनका कारण हुने प्रदूषण तथा दुर्घटना न्यूनीकरणका लागि समिति गठन गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वसचिवको संयोजकत्वमा समिति गठन गरेको हो । 

मन्त्रालयले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका डा. पदमबहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य, सूचना प्रविधिका इन्जिनियर विजय गौतम र यातायात व्यवसायी महासङ्घका अध्यक्ष वा प्रतिनिधि सदस्य रहने समिति गठन गरेको हो । 

Comments