काठमाडौं । संघमा सरकार गठन भएसँगै सत्ता साझेदार दलहरूबीच प्रदेश सरकार गठनको तयारी सुरु भएको छ ।
माओवादी केन्द्र एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएको छ । तर औपचारिक निर्णय भने भएको छैन । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्रीमा दाबी गरेको छ । तर प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ ।
प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो दल हो भने माओवादीको १३ सिट छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरि सहमति नजिक पुगेको छ ।
मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।