विराटनगर । प्रदेश १ सरकारले हाल कायम १३ मन्त्रालयको सङ्ख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको कार्यविभिजन नियमावली २०७९ तथा प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ लाई संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हाल कायम १३ मन्त्रालयको सङ्ख्या घटाउने निर्णय यसअघि नै गरेको थियो ।
जस अनुसार मन्त्रालयको कार्यविभाजन र कार्यसम्पादन गर्न प्रदेश सरकारको कार्यविभाजन नियमवाली २०७९ र प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ लाई स्वीकृत गरिएको छ ।