• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

प्रदेश १ मा आउँदो बिहीबारसम्म सरकार गठनका लागि दाबी हुने

  • OVN
  • January 02, 2023
प्रदेश १ मा आउँदो बिहीबारसम्म सरकार गठनका लागि दाबी हुने

इटहरी । नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखबाट सरकार गठनका लागि आव्हान भएकाले आउँदो बिहिवारसम्म सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने बताउनुभएको छ । 

उहाँले वर्तमान गठबन्धनमा भएका दल र गठबन्धनबाहिरका दलसँग आइतवारदेखि नै सरकार गठनका लागि कुराकानी थालिने जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्वोले केन्द्रीय समीकरण अनुसार नै सरकार गठन प्रक्रियामा जाने बताउनुभयो । ९३ सदस्यीय प्रदेश १ मा एमाले गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको एक गरी ६० जना सांसद छन् । 

प्रदेश १ का प्रमुख परशुराम खापुङले सातदिनको म्याद राखी प्रदेश सरकार गठनका लागि आव्हान गर्नु भएको हो । 

प्रदेश सभामा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त नगरेकाले प्रदेश सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुस २४ गते बेलुका ५ बजे सम्म दाबी पेश गर्न प्रदेश प्रमुख खापुङले आव्हान गर्नु भएको हो । 
 

Comments