• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस

  • OVN
  • March 19, 2023
प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ पेस गरिएको छ ।
     
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ पेस गर्नुभएको हो । यो विधेयक दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको हो ।
     
मन्त्री शर्माले सङ्क्रमणकालीन न्याय प्रक्रिया ढिलाइ भएको हुनाले छिटोभन्दा छिटो विषयलाई टुङ्ग्याउनका लागि संसद्मा विधेयक पेस गरिएको हो । उहाँले द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानविन गर्न जरुरी छ ।
     
विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइने उल्लेख विधेयक भएको उहाँको भनाइ थियो । मन्त्री शर्माले विधेयक सर्वोच्च अदालतको आदेश, कानुन र अन्तर्राष्ट्रिय मान्यताअनुसार नै विधेयक ल्याइएको उहाँको भनाइ थियो । रासस

Comments