• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पर्सिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिइने 

  • OVN
  • January 14, 2023
पर्सिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिइने 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पर्सिसम्ममा पूर्णता पाउने भएको छ । 

आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा पर्सिसम्ममा मन्त्रिपरिषद् विस्तारको काम सक्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणका अनुसार भोलि पनि अरु सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा कुराकानी भएपछि मन्त्रिपरिषद् विस्तारको अन्तिम निर्णय हुनेछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच बिहान कुराकानी भएको थियो । मन्त्रिपरिषद् विस्तारका बारेमा दलहरूबीच कुरा नमिलेका कारण प्रचण्ड नेतृत्वको सङ्घीय सरकारका केही मन्त्री विना विभागीय हैसियतमा छन् । 

Comments