काठमाडौं । किसानलाई मालको अभाव नहोस् भन्नका लागि कृषि मन्त्रालयले चालु आर्थिक वर्षको बजेट अनुसार स्थानीय सरकारसँगको समन्वयलाई तीव्रता जनाएको छ ।
प्राङ्गारिक मल कारखाना खोल्नका लागि आर्थिक सहयोग गर्ने बजेटमा उल्लेख भए अनुसार विभिन्न जिल्लामा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
वर्षमा ५० देखि १०० वटासम्म स्थानीय तहलाई कारखाना खोल्न प्रेरित गर्ने रणनीति अनुसार समन्वय भइरहेको कषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताउनुभयो ।
हरेक स्थानीय सरकारले प्राङ्गारिक मल उत्पादनमा चासो दिन सके मल अभावको समस्या विस्तारै समाधान हुने विज्ञहरू बताउँछन् ।