• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

  • OVN
  • January 06, 2023
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । 

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा बस दुर्घटना हुँदा एकै गाउँका ६ जना महिला तथा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँका ११ वर्षका सरुमा घिमिरे, ३३ वर्षका निर्मला घिमिरे,  ५४ वर्षका खिम कुमारी राना, ४५ वर्षका गुनी गाहा, २१ वर्षका कमला भनिने दानकुमारी खत्री र १९ वर्षका बीमा पाण्डेको मृत्यु भएको हो । 

दुर्घटनामा परि घाइते भएका १६ जनाको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले सीआईएनलाई जानकारी दिनुभयो । केही घाइते भने उपचारपछि घर फर्किसकेका छन् । 

दुर्घटनामा परेको ग १ ख ४९७७ नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको थियो । दुर्घटनामा परि घाइते भएका सवारी चालकका अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो । 

घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।
 

Comments