• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पोखरामा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले थाल्यो काम 

  • OVN
  • January 16, 2023
पोखरामा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले थाल्यो काम 

काठमाडौं । पोखरामा हिजो बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित विमान दुर्घटना जाँच आयोगले काम सुरु गरेको छ ।
 
दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । 

ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । सरकारले हिजो नै दुर्घटनामा परेको यती एयरलाइन्सको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो ।  आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।
 

Comments