• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

  • OVN
  • January 16, 2023
पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

कास्की । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
    
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिनुभयो ।
    
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ । 

Comments