• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

  • OVN
  • May 29, 2021
पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी वर्र्षभित्र निर्माण सम्पन्न गरिने भएको छ। आगामी वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो।

अन्तरराष्ट्रिय मापदण्डको निर्माणाधीन रङ्गशालाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ। रङ्गशालाका कतिपय पूर्वाधार बजेट अभावमा अघि बढ्न सकेको छैैन। हाल १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयार भए पनि २० हजार पु¥याउने गरी अहिले काम भइरहेको छ।

रङ्गशालामा भिआइपी प्यारापिटमा छानो छाउने काम शुरु भएको छ। यसैगरी अर्थमन्त्री पौडेलले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वर्ष आयोजना गरिने जानकारी दिनुभयो। गत वर्ष तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित मितिमा आयोजना हुन सकेको थिएन।

Comments