• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महङ्गियो

  • OVN
  • January 05, 2023
पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महङ्गियो

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महँगो भएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भन्छामा बढी खपत हुने चामल, दाल, गेडागुडी लगायत खाद्यान्नको मुख्य पाँच वर्षमा दोब्बर बढेको हो । गत वर्षकै तुलनामा अहिले चामलको मुल्य किलोमा २० रूपैयाँसम्मले बढेको छ । 

त्यस्तै चना, केराउ, राजमा, सिमी, भटमास लगायत गेडागुडीको मूल्य पनि बढेको छ । २०७५ सालमा एक सय २० रूपैयाँ रहेको कालो भटमासको मूल्य अहिले प्रतिकिलो ३ सय रूपैयाँ पुगेको छ । 

पाँच वर्षअघि प्रतिकिलो एक सय हाराहारीमा पाइने दालको मूल्य अहिले एक सय ५० रुपैयाँभन्दा माथि पुगेको खुद्रा व्यापार सङ्घले जनाएको छ । 

संसारभरकै मागका लागि खाद्यान्न तथा रासायनिक मलको प्रमुख निर्यातकर्ता युक्रेन र रुसको युद्धका कारण विश्वभर नै खाद्यान्नको उत्पादनमा असर गरेको र त्यसले अचाक्ली मूल्य बढाएको अध्ययनहरुले जनाएका छन् । 
 

Comments