• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सुन्दर नागी थामडाडाँ पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै 

  • OVN
  • December 24, 2022
dummy_news

सिन्धुपाल्चोक । धार्मिक महत्व बोकेको सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सुन्दर नागी थामडाडाँ पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ । 

बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरंगी तोरणले नागी थामडाडाँको शोभा बढाइरहेको हुन्छ । हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरु पाँचपोखरीको नागिथाम डाँडामा देखिन थालेको स्थानीय बताउँछन् । 

नागी थामडाँडा लाई पेमाछल उद्यान केन्द्र नामकरण गरिएको छ । अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्ट मणिको चैत्य निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष टासि लामाले थामडाँडामा पर्यटक भित्¥याउन अथक प्रयास गरिरहेको बताउनुभयो ।  यस स्थानमा पाँच वटा डाकिनी अर्थात समय ताराको बासस्थान रहेको भोट भाषामा उल्लेख गरिएको छ । 

यस कारण अहिले निर्माण भएको तारा महलमा समय तारा ( २१ तारा) राखेको नागीथाम डाँडा संरक्षण समितिका अध्यक्ष फुर्पा सिङ्गी लामाले बताउनुभयो ।  यहाँ पुग्ने पर्यटकहरू बाह्य भनदा अन्तरिक धेरै हुने गरेका छन् । नागी थामडाँडामा साहसिक खेल प्यारागाईडिङको पनि सफल परीक्षण भइसकेको छ । 

अन्य थुप्रै सम्भावना बोकेको नागिडाँडामा पर्यटकले खर्च गर्ने वातावरण भने सिर्जना गर्नु आवश्यक छ । पर्याप्त होमस्टे, सुविधा सम्पन्न होटल अन्य मनोरञ्नका लागि विभिन्न संरचनाहरू निमार्ण गर्न सकेमा आयस्रोतमा समेत वृद्धि हुन सक्ने स्थानीयको अपेक्षा रहेको छ । 

समुन्द्री सतह देखि २४ सय ८० मिटर उचाइमा रहेको नागिथाम डाँडाबाट  पश्चिममा जुगल हिम श्रीङ्खला मनमोहक दृश्य देखिन्छ भने थाङ्पाल उपत्यका सुन्दर गाउँ र दक्षिणमा काभ्रेको धुलिखेल, नगरकोट, फुलचोकी डाँडा हेर्न सकिन्छ । 
 

Comments