• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

पाँच देशमा एकसाथ वृक्षरोपण

  • OVN
  • June 05, 2021
पाँच देशमा एकसाथ वृक्षरोपण

काठमाडौँ,  विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ।  वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले आज वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गर्नुभएको हो। ‘दक्षिण एशियन टिम’ नामक स्वयंमसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो।
 
अभियानले अन्र्तराष्टिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ। देशअनुसार विभिन्न देशले आतिथ्य गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो। नेपालमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो। 

सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशका तीन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। भारतमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउण्डेशनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गर्नुभएको छ। दक्षिण एशियन टिमका आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। यस अभियानका लागि बिभिन्न कलाकारले पनि बृक्षरोपण गर्ने र नागरिकलाई समेत बृक्षरोपण गर्न सामाजिक संजालबाट अपील समेत गरेका थिए। 

यूवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा बृक्षरोपण गरेका छन्। यो अभियान आज विविध कार्यक्रम गरी मनाइएको छ। वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ।
-रासस
 

Comments