• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

ओमिक्रोनको उपप्रजाति नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

  • OVN
  • December 23, 2022
ओमिक्रोनको उपप्रजाति नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति नेपालमा नभेटिएको पुष्टि गरेको छ । 

चीनसँगै अन्य देशमा पुष्टि भएको बीएफ सेभेन नेपालमा अहिलेसम्म नभेटिएकाले हल्लाको पछि नलाग्न मन्त्रालयले अनुरोध गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षण गर्दा ओमिक्रोनका अन्य उपप्रजाति भने पुष्टि भएको जानकारी दिनुभयो । 

उक्त उपप्रजाति नभेटिए पनि सतर्कता भने अपनाउन उहाँले सबैसँग अनुरोध गर्नुभएको छ । 
 

Comments