• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे

  • OVN
  • December 02, 2021
ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे

केप टाउन- दक्षिण अफ्रिकामा काेभिड संक्रमण तीव्र बढेकाे छ । नयाँ भेरियन्ट देखिएसँगै काेभिडका बिरामी बढेका हुन् । पछिल्लाे त्यहाँ काेभिड विरामीकाे संख्या दाेब्बरले बढेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लाे २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ    भेरियन्ट ओमिक्राेनका कारण  काेभिड बिरामी बढेकाे हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । 

निकै घातक मानिएकाे याे भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएकाे थियाे । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा याे भाइरस देखिएकाे छ । अमेरिका र नाइजेरियमा  दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ । 

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घाेषणा गरेकाे छ । अहिले प्रयाेगमा अ‌ाइरहेका खाेप अ‌ाेमिक्राेनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । 

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएकाे गुनासाे गर्दै अ‌ाएका छन् । - एजेन्सी

Comments