नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको भन्दै आलोचना गर्नु भएको छ।
प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई धन्यबाद पनि दिनु भएको छ।
बिहिबार संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उहाँले पाँच दलीय गठबन्धन अवसरवादी नभएको बताउनु भयो।
‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले भन्नु भयो।