• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

नयाँ राष्ट्रपतिको चुनावको मिति १० दिन भित्रमा घोषणा गर्ने आयोगको योजना

  • OVN
  • January 27, 2023
नयाँ राष्ट्रपतिको चुनावको मिति १० दिन भित्रमा घोषणा गर्ने आयोगको योजना

काठमाडौं । निर्वाचन आयोगले नयाँ राष्ट्रपतिको चुनावको मिति १० दिन भित्रमा घोषणा तयारी गरेको छ । 

आगामी फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिने भएकाले अबको १० दिन भित्रमा निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचनको मिति घोषणा गर्ने बारेमा विभिन्न छलफल चलिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिको कार्यकाल सकिनुुअघि निर्वाचनको मिति घोषणा हुनुपर्ने माग गर्दै आएको छ भने चुनावको मिति सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै आएको छ । 
 

Comments