नवलपुर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी क्षेत्रमा गैँडा मारेको विषयमा स्थलगत अध्ययन सुरु गरेको छ ।
निकुञ्जभित्र चोरीसिकारीले करेन्ट लगाएर गैँडा मारेको विषयमा अध्ययन गर्न गठित छानबिन समितिको टोलीले स्थलगत अध्ययन सुरु गरेको हो ।
६ सदस्यीय टोलीले संरक्षणसँग सम्बन्धित सरोकारवाला, घटनास्थल, स्थानीय बासिन्दासँग पनि छलफल गरेको छ । अध्ययन टोलीले घटनाको विषयलाई लिएर सातवटा समूहगत छलफल गरेको छ ।
घटना स्थलका स्थानीय, त्यस क्षेत्रका नेपाल प्रहरी, सुरक्षार्थ सेना, अन्य समुदायसँग घटनाको विषयमा केन्द्रित रहेर अध्ययन गरिएको टोलीले बताएको छ ।