• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

नेता उपाध्यायको निधन

  • OVN
  • March 04, 2023
नेता उपाध्यायको निधन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । 

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते हुनुभएको थियो । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उहाँ भूँइमा खस्नु भएको थियो । 

उहाँलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु-याइएको थियो । 

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुनुहुन्छ । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ । रासस

Comments