• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट

  • OVN
  • June 18, 2021
नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट

भरतपुर-  बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भरतपुर महानगरपालिकाका नारायणी तटीय क्षेत्रका बासिन्दाले बस्तीमा पानी पस्ने समस्याको दीर्घकालीन समाधान गर्न माग गरेका छन्। 

महानगरपालिकाको वडा नं. २७ को न्युरे चोक, वडा नं. २६ को सिस्वार र वडा नं. १७ को गाँजपुरस्थित तटीय क्षेत्रमा बिहीबार अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पौडेललाई स्थानीयबासीले जथाभावी ढुंगा र बालुवा उत्खनन् हुँदा नदी सरेर बस्तीतिर आएको गुनासो गरेका थिए । यही असार १ गतेको वर्षका कारण बस्तीमा बाढी छिरेर भौतिक क्षति पु¥याएको थियो। 
सो अवसरमा मुख्यमन्त्री पौडेलले बस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि तटबन्धन गर्न बजेट छुट्याइने बताउनुभयो। वर्षा सकिएपछि दीर्घकालीन योजना बनाएर तटबन्धनको काम अघि बढाउनेबारे छलफल गरिने उहाँको भनाइ थियो। 
सो अवसरमा प्रदेश सांसद विजय सुवेदी र कृष्ण भुर्तेल, नेकपा (एमाले) चितवनकी अध्यक्ष पार्वती रावल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, विभिन्न वडाका अध्यक्षलगायतको उपस्थिति थियो। 
- रासस

Comments