• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

नारयणगढ –मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

  • OVN
  • July 01, 2021
नारयणगढ –मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो  पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान  खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो  । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ : १५वजेदेखि अबरुद्ध भएको हो। 

पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता 

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा  घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो । ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन। 

हराएकाको खोजी भइरहेको  प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा  उहाँलाई पहिरोले बगाएको जनाइएको छ। 
-रासस
 

Comments