काठमाडौं । नेपाली कांग्रेसले गत मंसिर चार गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय बढाएको छ ।
निर्वाचनमा अन्तर्घात र असहयोग गर्नेबिरुद्ध उजुरी दिन काँग्रेसले माघ मसान्तसम्मको समय तोकेको पार्टीको अनुशासन समितिले जनाएको छ ।
यसअघि पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउन माघ १५ सम्मको समय दिईएको थियो । त्यो समय बढाएर माघ मसान्तसम्म तोकिएको समितिले जनाएको छ ।