• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

निर्वाचनको समीक्षा गर्दै निर्वाचन आयोग 

  • OVN
  • December 28, 2022
निर्वाचनको समीक्षा गर्दै निर्वाचन आयोग 

काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । 

आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमको आज उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पछिको अवधिमा आयोगले गर्नुपर्ने कानुनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने बताउनुभयो ।
 
विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो ? त्यसको पनि चिरफार गरेर भावी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाग्नुपर्ने उहाँले बताउनुभयो । 

निर्वाचनको मिति घोषणा भइसकेपछि अस्तव्यस्त र त्रस्त अवधि अनुभव हुने गरेको भन्दै थपलियाले निर्वाचनपछिको अवधिमा पनि काम गर्न जरुरी रहेको बताउनुभयो । प्रारम्भिक समीक्षा कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, महाशाखा र शाखा प्रमुखहरू सहितको सहभागिता रहेको छ । 
 

Comments