• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा

  • OVN
  • March 06, 2023
निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । 

केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ ।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिनुभयो । समितिमा रहनका लागि इच्छुक भएकाले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ । 

उहाँका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ । रासस

Comments