• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

निरन्तरको वर्षाका कारण सडक अवरुद्ध हेर्नुहोस फोटो

  • OVN
  • July 01, 2021
निरन्तरको वर्षाका कारण सडक अवरुद्ध हेर्नुहोस फोटो

गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षापछि व्यासनगरपालिका–१२ स्थित पृथ्वीराजमार्गमा पहिरोले अबरुद्ध भएको राजमार्ग। तस्वीर: सानेबहादुर नेपाली, रासस

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा बिहीबार खसेको पहिरो।  तस्वीर: कृष्ण न्यौपाने, रासस

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित एक घरमाथि बिहीबार बिहान खसेको पहिरो सफा गर्दै कालीभञ्जन गण (इ) का सेना । तस्वीर: कृष्ण न्यौपाने, रासस

अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने तिकराङमा पहिरो हटाइँदै । पहिरो हटाएपछि राजमार्गमा सवारी साधन चलेका छन्। तस्वीर: सीताराम अधिकारी, रासस

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बन्दिपुर गाउँपालिकाअन्तर्गत रूख ढलेर अवरुद्ध भएको पृथ्वी राजमार्ग । तस्वीर: सानेबहादुर नेपाली, रासस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक भासिएको सडक । निरन्तरको वर्षाका कारण सडक भासिएको हो । तस्वीर: कृष्ण न्यौपाने, रासस

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएपछि अलपत्र परेका यात्रु र सवारी साधन । बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरुद्ध भएपछि राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ । तस्वीरः टेकराज पोखरेल,रासस

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बन्दिपुर गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्गमा भएको जलमग्न सडकमा गुडिरहेको एक ट्रक । तस्वीर: सानेबहादुर नेपाली, रासस

 

Comments