• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नेपालमा विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै 

  • OVN
  • January 15, 2023
नेपालमा विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै 

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैँकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा विदेशी मुद्रा सञ्चिति बढ्दै गएको हो । 

रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको सङ्कुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको राष्ट्र बैँकले जनाएको छ । राष्ट्र बैँकका प्रवक्ता डा. गुणाकर भट्टले आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको बताउनुभयो । 

उहाँका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मङ्सिर मसान्तमा आउँदा ६ दशमलव ३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ । 

आयातमा भएको सङ्कुचन र विदेशी विनियम सञ्चितिमा सुधार हुँदै जाँदा आयात पर्याप्तता सुचकमा पनि सुधार भएको छ । 
 

Comments