• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नेपालमा वित्तीय साक्षरता बढ्दै

  • OVN
  • December 23, 2022
नेपालमा वित्तीय साक्षरता बढ्दै

काठमाडौं । नेपालमा वित्तीय साक्षरता बढ्दै गएको पाइएको छ । 

नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा वित्तीय साक्षरता ५७ दशमलव ९ प्रतिशत पुगेको देखाएको छ । सर्वेक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अङ्क बढी रहेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंकका अनुसार पुरुषको वित्तीय साक्षरता अङ्क ६१ दशमलव ८ प्रतिशत रहेको छ । । वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७ दशमलव ३ प्रतिशत, वित्तीय व्यवहार ६३ दशमलव ५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२ दशमलव ९ प्रतिशत रहेको पाइएको केन्द्रीय सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

वयस्क जनसंख्याको २७ दशामलव ५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अंक प्राप्त गरेका छन् । वित्तीय ज्ञानमा ३६ दशमलव ५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६ दशमलव ६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५ दशमलव ४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । 

सर्वेक्षणका लागि २०७८ पुसमा देशभरिबाट १८ वर्ष माथिका कुल ९ हजार ३६१ नेपाली नागरिकहरुलाई छनोट गएको राष्ट्र बैंकले जनाएको छ । 
 

Comments