• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नेपालमा पछिल्लो समय दुई सन्तान मात्रै जन्माउने दम्पती बढ्दै

  • OVN
  • December 22, 2022
नेपालमा पछिल्लो समय दुई सन्तान मात्रै जन्माउने दम्पती बढ्दै

काठमाडौं। नेपालमा पछिल्लो समय एक जना महिलाले दुई सन्तान मात्रै जन्माउन थालेको सर्वेक्षणले देखाएको छ । 

मुलुकको कुल प्रजनन दर प्रति महिला २ दशमलव १ बालबालिका रहेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ ले देखाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

झन्डै २५ वर्षअघि सन् १९९६ मा यो दर ४ दशमलव ६ थियो । साढे दुई दशकअघिको दाँजोमा औसत प्रजनन दर क्रमिक रूपमा आधाले घटेको हो । 

त्रिभूूवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुुख प्राध्यापक डाक्टर योेगेन्द्र बहादुुर गुुरुङले जन्मदर घट्नुुलाई एउटा उपलब्धीको रुपमा हेर्नुपर्ने बताउनुुभयो । जन्मदर कम हुुँदा मृत्युुुदर पनि कम हुने उहाँको भनाइ छ ।

Comments