• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नेपालमा महिला हिंसाको उजुरी घट्यो

  • OVN
  • January 12, 2023
नेपालमा महिला हिंसाको उजुरी घट्यो

काठमाडौं । नेपालमा महिला हिंसाको उजुरी घटेको छ । राष्ट्रिय महिला आयोगका अनुसार कोरोना महामारीका समयमा २ सय गुणाले बढेको महिला हिंसाको उजुरीको सङ्ख्या चालु आर्थिक वर्षमा भने घट्दै गएको हो । 

महामारीको समयमा राष्ट्रिय महिला आयोगमा मासिक औसतमा एक सय ३५ भन्दा बढि हिंसाका उजुरीहरू दर्ता हुने गरेका थिए । तर अहिले भने ५९ प्रतिशतले घटेर मासिक ८० वटा मात्रै उजुरी दर्ता भएका छन् ।

हिंसाको उजुरी घट्दै जानुमा हिंसा प्रति मानिस सचेत भएको वा उजुरी कहाँ गएर दिने भन्ने थाहा नभएको हुनसक्ने राष्ट्रिय महिला आयोगका प्रवक्ता चमिला भट्राईले बताउनुभयो  । 

आयोगका अनुसार गत साउनदेखि कात्तिकसम्म महिला हिंसाका तीन सय ४७ वटा उजुरी दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै घरेलु हिंसाका तीन सय १६ वटा उजुरी प्राप्त भएका छन् । साउनमा एक सय ३०, भदौमा ९५, असोजमा ६० र  कार्तिकमा ६२ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
 

Comments