• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

  • OVN
  • January 04, 2023
नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

काठमाडौं । गएका १५ वर्षको तुलना गर्दा नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढेको छ । 

राष्ट्रिय निकुञ्ज तथा  बन्यजन्तु संरक्षण विभागका अनुसार अहिले नेपालभर हात्तीको सङ्ख्या ४ सय हाराहारी पुगेको हो । 

१५ वर्षअघि भने हात्तीको सङ्ख्या १ सय ५० मात्रै रहेको थियो । विभागका अनुसार नेपालमा १ सय ७६ घरपालुवा हात्ती छन् । ती हात्ती राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको विभागले जनाएको छ । ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएका छन् । 

यस्तै  गत २० वर्षमा नेपालमा ३९ वटा हात्तीको मृत्यु भएको छ । जसमध्ये ३४ वटा हात्तीको विद्युतीय झट्काका कारण मृत्यु भएको हो भने ६ वटा हात्तीको गोली प्रहारका कारण मृत्यु भएको विभागले जनाएको छ । झापामा मात्रै विगत १५ वर्षमा १५ वटा हात्ती मारिएका छन् । 

यस्तै देशका २० जिल्लाका २ सय ७४ जना सर्वसाधारणले हात्तीको आक्रमणका कारण  मृत्यु  भएको  छ । जसमा सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु  भएको हो  । यस्तै हात्तीको आक्रमणका कारण  १ सय बढी सर्वसाधारण घाइते भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा  उल्लेख छ ।  
 

Comments