काठमाडौं । गत बर्षको तुलनामा बिदेशमा काम गर्ने नेपालीले पठाउने विप्रेषण आप्रवाह अर्थात रेमिटेन्स २४ दशमलब ३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले आज पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिटेन्स ५ खर्ब ८५ अर्ब ८ करोड रूपैयाँ भित्रिएको जनाएको छ । गत वर्ष भने रेमिटेन्स बृद्धि दर ५ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा पनि रेमिटेन्स १३ दशमलब ९ प्रतिशतले घटेको छ । पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ । गत वर्ष बर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर पुस मसान्तसम्म आइपुग्दा करिव १ खर्बले बचतमा पुगेको छ ।
राष्ट्र बैङ्कका अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ पुगेको छ । चालु खाता घाटा भने यथावत छ । जुन गतवर्षकोभन्दा घाटा कम हो । आलु आर्थिक वर्ष २९ अर्ब ४७ करोड रुपैयाँ चालु खाता घाटामा छ भने गत वर्ष ३ सय ५३ अर्ब १६ करोड घाटामा थियो ।